Songs

चलचित्र ‘ऐना झ्यालको पुतली’मा समावेश बाल गीत ‘मेरो गाउँ ज्यामिरे’ (भिडियो)

काठमाडौं । भदौ २४ बाट प्रदर्शनमा आउने चलचित्र ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक भएको छ ।

‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ ।

रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीले आवाज दिएका छन् । रामबाबु सुवेदीका अनुसार यो गीत उनले २०४० सालमा रचना गरेका थिए । २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत गरेका थिए ।

चलचित्रले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेश गर्छ । सुजित बिडारीको निर्देशन रहेको चलचित्रलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments