हास्य कलाकार ‘जिग्री’ले झापा क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौं । हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
उनी अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन्।
उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो। जिग्रीले स्वतन्त्र उम्मेदवारबाट उम्मेदवारी दिन बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।