News

फ्राइडे रिलिज: ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’

jhingedau skm1662098575

काठमाडौं । शुक्रबारदेखि दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। सुर्दशन थापाले निर्देशन गरेको ‘सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘झिँगेदाउ’ प्रदर्शनमा आएका हुन्।

त्रिकोणात्मक प्रेमकथामा बनेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, सरोज खनाल, धिरन शाक्य, गौरी मल्ललगायत कलाकारको अभिनय छ।

कभर गायक सोनम तोप्देनले यही चलचित्र बाट अभिनयमा डेब्यू गर्दैछन्। उनी बलिउडका चर्चित गीतमा कभर संस्करणमा रूचाइएका गायक हुन्।

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ भीमनीधि तिवारीको कथामा आधारित छ । यो सोसल ड्रामा चलचित्रले पारिवारिक किचलोको कथा भन्छ । बाहिरियाले आँखा लगाउँदा कसरी परिवार भत्कन्छ भन्ने सन्देश यस फिल्ममा छ ।

मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्माको प्रमुख भूमिका रहेको चलचित्रको गीत यसअघि नै हिट भैसकेको छ ।

महालक्ष्मी लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा आधारित चलचित्र बनाइसकेका देउजाको यो अर्को कृतिमा आधारित चलचित्र हो ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments