काठमाडौं । गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकहरुले निःशुल्क हेर्न पाउने भएका छन्।
राजधानीका बीएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन्।
आमा(सन्तानबिचको भावनात्मक कथा भनेका कारण बीएसआर मुभिजले ६५ वर्षमाथिका ज्येष्ठ आमाहरुको लागि सित्तैमा सिनेमा देखाउने घोषणा गरेको हो।
अष्टनारायण पिक्चर्स र शुभकामना हलले पनि प्रदर्शन अवधिसम्म ज्येष्ठ आमा-बुबा दुवैलाई सित्तैमा सिनेमा देखाउने भएको छ।
शुक्रवार औसत व्यापार गरेको ‘झिँगेदाउ’ले शनिवारबाट राम्रो पिकअप गरिरहेको छ।