कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्याएको आरोपमा सिंहलाई प्रहरीले पक्राउ गरिएको थियो। केही साताअघि ‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि विवाद भएको थियो।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सिंहको आलोचना भएको थियो। उक्त कमेडीको विरोध गर्दै नेवा समुदायका अभियन्ताहरुले कारबाहीको माग गर्दै प्रहरी परिसरमा जाहेरी दिएका थिए।
उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो। १० दिन हिरासतमा बसिसकेका सिंहमाथि थप पाँच दिन म्याद थप गरेको हो।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।