Todays Date: २०८३ जेष्ठ १२

मदनकृष्ण श्रेष्ठको नयाँ गीत ‘माया रोपे फल्छ’… (भिडियो)

काठमाडौं । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ पुनः एक पटक गायकको रुपमा दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक कलाकार श्रेष्ठले गीतकार प्रमोद भट्टराई ‘प्रतिक’ का शब्द तथा कृति न्यौपाने (दिवाकर शर्मा) द्वारा संगीतबद्ध गीत ‘मायाँ रोपे मायाँ फल्छ’ गाएका हुन् ।

यो गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन छ ।

यो गीतको म्युजिक भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन्, जसमा कलाकार मदनकृष्ण श्रेष्ठले नै अभिनय गरेका छन् । उनलाई निक शर्मा, ऋचा थापा तथा बाल कलाकार अर्नव घिमिरेले साथ दिएका छन् ।

उत्सव दाहालको छायांकन तथा विकास ज्ञवालीको सम्पादन रहेको यो भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x