सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ (भिडियो)
काठमाडौं । सुगम पोखरेलको स्वरमा नयाँ गीत तिमी फर्केर आयौ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाईंको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ ।
म्युजिक भिडियोमा आकाश श्रेष्ठ, विकास लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ ।
प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समावेश छ ।



अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।