Todays Date: २०८३ जेष्ठ १२

चलचित्र ‘के घर के डेरा’ को टिजर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ को टिजर सार्वजनिक भएको छ। आगामी कात्तिक ४ गते प्रदर्शन हुने चलचित्रको टिजर विहीवार सार्वजनिक भएको हो ।

टिजरमा विपिन कार्की काठमाडौंमा भएको घर लुकाउन संघर्ष गरिरहेका छन् भने दयाहाङ राई काठमाडौंमा घर किन्नको लागि गरेको संघर्ष देख्न सकिन्छ।

चलचित्रको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकामा गरिएको थियो। कमेडी तथा सोसल जनरामा बनेको यस चलचित्रको कथा सिंगे लामाले लेखेका हुन्। त्यसैगरी, फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ।

चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउतका साथै रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x