Todays Date: २०८३ जेष्ठ १२

चलचित्र ‘छक्का पञ्जा–४’ को प्रदर्शन मिति घोषणा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–४’ फागुन १९ गते रिलिज हुने भएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन्।

हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरीसँगै बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।

केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्।

यसअघि फागुन १९ मा मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्त अभिनित चलचित्र ‘बुलाकी’ले पनि प्रदर्शन मिति घोषणा गरिसकेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x