चलचित्र विकास बोर्डको सल्लाहकार समितिमा दिपाश्री पनि अटाइन्
काठमाडौं । चलचित्र विकास बोर्डले नीर शाहको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ । बोर्ड बैठकले अध्यक्ष भुवन केसीको प्रस्तावमा समिति गठन गरी स्वीकृतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको हो ।
समितिमा अभिनेत्री दिपाश्री निरौला, विधान कार्की, शोभित बस्नेत, सुशान्त श्रेष्ठ, रविन्द्र खड्का र आकाश अधिकारी सदस्य रहेका छन् । कार्की म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष हुन् ।
बस्नेत कलाकार तथा निर्देशक हुन् भने श्रेष्ठ अभिनेता हुन् । यसैगरी, खड्का पुराना कलाकार हुन् भने अधिकारी निर्माता निर्देशक हुन् ।
एक जना पनि महिला नपरेको भन्दै नवगठित समिति आलोचित भएको थियो । तर सल्लाहकार समिति सदस्यमा कलाकार तथा निर्देशक दीपाश्री निरौला नियुक्त भएको बोर्डले जनाएको छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।