Todays Date: २०८३ जेष्ठ १२

‘प्रेमगीत ३’ले नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन, सार्वजनिक बहसमामै उत्रिए चलेका कलाकार


काठमाडौं । ‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । एक से एक नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् ।

‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ । नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता कलाकार सार्वजनिक बहसमा उत्रिएका छन् ।

चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दी भाषामा रिलिज भए विदेशी फिल्मसरह कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेपछि अहिले निर्माण पक्ष आक्रोशित भएको छ ।

चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्काले सार्वजनिक रूपमै विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

नेपाली चलचित्रको विकास र प्रवद्र्धन गर्न स्थापना भएको विकास बोर्ड नेपाली चलचित्रको बजार खुम्च्याउन लागिपरेको आरोप उनीहरूले लगाएका छन् ।

निर्माता अशोक शर्माले त ‘प्रेमगीत ३’ हिन्दीमा रिलिज हुँदा नेपाली चलचित्रको बजार घट्ने भन्दै विदेशीसरह कर तिर्न भन्दै लामो स्टाटस लेखेका छन् ।

उनलाई सपोर्ट गर्दै सरोज खनाल, दीपकराज गिरीले समेत विदेशी फिल्मसरह कर तिर्नुपर्ने, ‘प्रेमगीत ३’ लाई कर छुट दिन नहुने भन्दै लबिङ गरेपछि निर्माता सन्तोष सेन आक्रोशित भएका छन् ।

तर, चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी, अभिनेत्री करिश्मा मानन्धरलगायत धेरैजना ‘प्रेमगीत ३’ को पक्षमा उभिएका छन् । ‘प्रेमगीत ३’ को विश्वव्यापी प्रचार र रिलिजले भोलि नेपाली चलचित्रको बजार प्रवद्र्धन गरेको भन्दै विकास बोर्डले निश्चित कर छुट दिएर चलचित्र चलाउन दिनुपर्ने उनीहरूको माग छ ।

हिन्दी भाषामा पनि डब भएका कारण चलचित्र विकास बोर्डले प्रेम गीत-३ लाई विदेशी फिल्मका रूपमा कर लगाउने हल्लाका माझ करिश्माको बयान आएको हो । चलचित्र विकास बोर्डले प्रेम गीत-३ लाई निर्धारित समयमै हलमा लाउन नसघाएकोप्रति करिश्माको गुनासो छ ।

‘अलिकति समय यताउता भयो भने विदेशी सिनेमासँग प्रतिस्पर्धा गरिरहेको नेपाली चलचित्रको हालत के हुन्छ, यो उहाँ विज्ञहरूलाई जति अरु कसलाई थाहा होला ?’, करिश्माको प्रश्न छ ।

बोर्डका अध्यक्ष भुवन केसीले नायक प्रदीप खड्कालगायत अभिनित चलचित्रलाई अप्ठेरो पार्ने काम गरिरहेको आरोप छ । सन्तोष सेन निर्देशित यो फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि डब गरिएको छ । भारतमा चलचित्रको राम्रो प्रचारप्रचार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x