Todays Date: २०८३ जेष्ठ १२

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन्। प्रहरीका अनुसार बुधबार साँझदेखि गायिका राई बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार गायिका राईको घरमा ‘सुसाइड नोट’ भेटिएको छ। सानेपामा बस्दै आएकी ३० वर्षीया राई घरबाट हिँडेर सुन्दरीघाटसम्म पुगेको सीसीटीभी फुटेजमा देखिएको छ।

मोबाइल घरमै छाडेर गएका कारण उनको खोजीमा जटिलता भएको प्रहरीले जनाएको छ। बेलायत बसेर नेपाल फर्किएकी उनी सानेपामा आमासहित बस्दै आएकी थिइन्। प्रहरीले उनको खोजी जारी रहेको जनाउँदै घटनाका सन्दर्भमा विभिन्न ‘कोण’बाट अनुसन्धान सुरु गरिएको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x