Todays Date: २०८३ जेष्ठ १२

‘प्रेमगीत-३’ को आक्रामक व्यापार, नेपालमै कमायो तीन दिनमा ५ करोड

काठमाडौं । चलचित्र’प्रेमगीत-३’ विश्वका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको छ । विभिन्न विवादमा घेरिएको यस चलचित्रले नेपाल लगायत विदेशमा पनि दर्शकको मन जित्न सफल भएको छ ।

‘प्रेमगीत-३’ का निर्माण पक्षका अनुसार ‘प्रेमगीत-३’ ले नेपालमा पहिलो दिन अर्थात् शुक्रबार दुई करोड ५० हजार रुपियाँ कमाएको छ । र दोस्रो दिन शनिबार दुई करोड २२ लाख रुपियाँ कमाएको हो ।

हिन्दी संस्करण रिलिजको समयमा विवाद उत्पन्न भएपनि भारतमा पनि चलचित्रले राम्रो व्यापार गरिरहेको छ ।

रदर्शन भएको मितिदेखि नै सफल व्यापार गरिरहेको यस चलचित्रले नेपालमा आइतबार भने ९० लाख ५० हजार कमाएको वितरक गोविन्द शाहीले बताए ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतमा ‘प्रेमगीत-३’ को हिन्दी संस्करणले शनिबार भारतमा कुल ८३ करोड भारु कमाएको छ भने शुक्रबार फिल्मको कमाई १.१२ करोड क्रस हो ।

भारतमा पनि सीमित सो मात्रै पाएको छ,’प्रेमगीत-३’ ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x