गीतकार/गजलकार बिदुर तिमल्सिना ‘देवदुत’ काे शब्द शृजनामा गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको गैँडा चुरोट बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
पुस्तक प्रसादको संगीत रहेको सो गीतमा मोडलद्वय प्रदीप बास्तोला र सृष्टी खड्काको रोमान्टिक अभिनय रहेको छ ।
सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् । रामचन्द्र गौतमको निर्माणमा तयार भएको गैँडा चुरोटको निर्देशन र कोरियोग्राफी राजिव समरले गरेका हुन् ।
गायक गौतमकै च्यानलबाट रिलिज गरिएको गीतको भिडियोले एक रोमान्टिक प्रेम जोडीको प्रेमील कहानीलाई प्रस्तुत गरेको छ ।