‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक

पौषको २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पर्खी बसे तिमीलाई’को ट्रेलर आज सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा धनाढ्य यूवती र पठाओ चालक यूवाबिचको प्रेम कथालाई देखाइएको छ । यो ट्रेलरले दर्शकलाई हलसम्म तान्न सक्ने क्षमता राख्छ ।

फिल्मलाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् । जसले, यसअिघ निर्देशन गरेका ‘पर्खी बसे, हिम्मत, पापी मान्छे, दुःख’ लगायतका फिल्मले बक्स अफिसमा बम्पर व्यापार गरेका थिए ।

फिल्म ‘पर्खी बसे तिमीलाई’बाट किरण श्रेष्ठ र रक्षा बुढाथोकी नयाँ कलाकारको रुपमा डेब्यू गर्दैछन् । यही फिल्मबाट अनिसा रसाइलीले पनि फिल्म क्षेत्रमा डेब्यू गर्दैछिन् । फिल्ममा यी कलाकारको साथमा शिव श्रेष्ठ, सुनिता श्रेष्ठ, विल्सन विक्रम राई र मनिष श्रेष्ठ फिल्ममा मुख्य भूमिकामा छन् ।

फिल्मको ट्रेलर हेर्दा लभ स्टोरी कथामा दीपकले यसपटक पनि दर्शकको मन छुने बनाएको अनुमान लगाउन सकिन्छ । फिल्मको ट्रेलर हेर्दा नयाँ कलाकारद्धय किरण र रक्षाको कामबाट सन्तुष्ट हुने ठाउँ प्रशस्त भेटिन्छ ।

शम्भुजित बास्कोटा, महेश खड्का, दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको यो फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, संकल भुजेलको डीओपी, परिच्छेद सेन र पुरुषोत्तम ढुंगेलको कथा, पटकथा तथा संवाद, भुपेन्द्र अधिकारीको सम्पादन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x