Todays Date: २०८३ बैशाख ९

नवराज श्रेष्ठको निर्देशनमा ‘लुसु’ घोषणा

WhatsApp Image 2024 01 04 at 17.25.21 1

दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चौंथो फिल्म ‘लुसु’ को औपचारिक निर्माण घोषणा गरिएको छ।

शेखर लामाको निर्माणमा बन्ने फिल्म ‘लुसु’ सामाजीक कथामा बन्नेछ। फिल्मको निर्देशन नवराज श्रेष्ठले गर्ने भएका छन्। सन् १९९४ को फिल्म ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका फिल्ममा अभिनय गरि सकेका छन् ।

यो उनको निर्देशकीय पहिलो फिल्म हुनेछ। पदम बिस्वकर्माले लेखेको कथामा फिल्म बन्ने भएको छ।

दि पाल्म ग्रुपले निर्माण गरेको फिल्म ‘टुल्की’ ले यसै बर्ष चलचित्र विकास बोर्डले प्रदान गर्ने बिसेष फिल्म पुरस्कार जित्न सफल भएको थियो। सामाजीक कथामा नै फिल्म बनाउन रुचि राख्ने निर्माता लामाले ‘लुसु’ पनि बिसेष रहने बताए।

नवराज श्रेष्ठले निर्देशन गर्ने फिल्ममा अजय स्यांङतान मुख्य सहायक निर्देशक रहनेछन्। नृत्य निर्देशन तथा कलाकारको भूमिकामा लिगेश भट्टराई अनुबन्धित भएका छन्।

फिल्ममा काम गर्ने अन्य कलाकार तथा प्राबिधिक छनोट कार्य भई रहेको निर्माता लामाले बताए। फिल्मको बारेमा अन्य जानकारी छिट्टै प्रेस रिलिज मार्फत दिइने निर्माण टिमले जानकारी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x