Todays Date: २०८३ जेष्ठ २८

प्रिमियरमा ‘चित्रा’लाई मिल्यो राम्रो प्रतिक्रिया

415022717 1295709321822451 2389706255778692126 n

यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘चित्रा’को प्रिमियर भएको छ।

सोमबार काठमाडौंमा गरिएको डेब्यू अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’को प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

फिल्मको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित थिए।

प्रिमियरपछि प्रतिक्रिया दिएका अधिकांशले फिल्म राम्रो बनेको र कथा मनपरेको बताएका थिए।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोषको काम डेब्यू अभिनेताको जस्तो नभइ काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए।

‘हेर्दाखेरी नव नायकको अभिनय भन्ने देखिदैन, सन्तोषको अभिनय पहिलादेखि गरिराखेको देखिन्छ,, बधाईं छ मेरो भाइलाई’, भुवनले भने। यसैगरी उनले प्रमोद अग्रहरीको पनि तारिफ गरे।
केसीले फिल्म रमाइलो भएको बताउँदै आफू इमोशनल बनेको बताए।

यसैगरी आफूलाई फिल्मको कथा मनपरेको बताएकी अभिनेत्री गौरी मल्लले फिल्ममा छोरीको भूमिकामा काम गरेका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित बनिन्। आफूलाई फिल्मको कथा मनपरेको उनको प्रतिक्रिया थियो।

यस्तै, निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यू अभिनेता सन्तोषलाई राम्रो काम गरेकोमा बधाईं दिइन्। उनले पनि बाल कलाकार आयुशी ढकाल र अभिनेत्री सिम्रन खड्काको तारिफ गरिन्।

त्यसैगरी निर्देशक नरेश पौड्यालले डेब्यू अभिनेता अधिकारीले फिल्ममा ‘इमोशन’मा विविधता दिएको भन्दै तारिफ गरे। उनले अन्य कलाकारको काम राम्रो रहेको बताउँदै प्रमोद र सिम्रन खड्काको अभिनय बहुतै राम्रो लागेको बताए।

यस्तै किसिमको समान प्रतिक्रिया प्रिमियरमा सहभागीहरुको थियो। घनश्याम लामिछाने निर्देशित फिल्म पौस २७ गते शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

पारिवारिक कथा पेस गर्ने यो फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ।

फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।

यस्तै, दर्शकले ‘चित्रा २’ हेर्न पाउने भएका छन् । प्रिमियर कार्यक्रममै सिक्वेलका लागि कथा बाँकी राख्दै फिल्मको अन्त्यमा ‘चित्रा २’ भनेर उल्लेख गरिएको थियो ।

414980553 305607739146509 1461545614810554511 n
c02
c05
c04
c01
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x