Todays Date: २०८३ बैशाख १०

सरोज र आश्माको ‘हे नीर’ सार्वजनिक

he nira saroj 1

गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ सार्वजनिक भएको छ । गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’को संगीत निर्माण, एसडीकै मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् ।

सुवास तिमल्सिनाको मेकअप रहेको भिडियोमा सरोज र आश्माको कोरियोग्राफी, सुरोज अधिकारीको सम्पादन, पवन सुस्लिङ राईको छायांकन, विजय अधिकारीको सह–निर्देशन, पेम्बा मगरको सह–कोरियोग्राफी तथा सरोज अधिकारीको कन्सेप्ट र निर्देशन छ ।

यो भिडियोका प्रोडक्सन कन्ट्रोलर मिलन कटवाल हुन् । गीतको भिडियोमा प्रतिक्रिया दिने मध्येबाट उत्कृष्ट २ प्रतिक्रिया छनोट गरि एक्सपर्ट टेलिकमको तर्फबाट दुईवटा स्मार्ट फोन उपहार दिइने निर्माणपक्षले बताएको छ ।

भिडियोमा यूवा यूवतीबिचको प्रेम, पारिवारिक अवरोधको कथालाई देखाइएको छ । दर्शकले, यो भिडियोलाई गहन तरिकाले हेरेर प्रतिक्रिया दिनुपर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x