Todays Date: २०८३ बैशाख १०

फिल्म ‘जिग्री’को पोस्टर सार्वजनिक, फागुन ४ गते प्रदर्शन हुने

419932749 781822013778689 1909230270788252136 n

फिल्म `जिग्री´को तीन फरक पोस्टर सार्वजनिक गरिएको छ ।

सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म `जिग्री´को निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै रिलिज मिति पनि घोषणा गरिएको छ ।

फागुन ४ गते रिलिजमा आउने `जिग्री´लाई आकाश मगरले निर्देशन गरेका हुन् । कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको फिल्ममा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।

फिल्मले काठमाडौँमा अनेकन् महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई केटाको कथा प्रस्तुत गर्ने बताइएको छ। जसमा, ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषय बस्तु रहेको छ । वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरूलाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शक माझ देखाउन खोजेको छ ।

फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । फिल्ममा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ ।

फिल्मको केही दिनमा नै टिजर सार्वजनिक गरिने समेत बताइएको छ । यस फिल्मलाई सुस्केरा आर्ट्सले वितरण गर्ने छ ।

419888919 752097976426595 1200882630176630747 n
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x