Trailer

चलचित्र ‘जिग्री’ को टिजर सार्वजनिक, लुट स्टार पाण्डे देखी पशुपति राईसम्म

422346155 3645920402332239 6525633806703264996 n 1

फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जिग्री’ को टिजर सार्वजनिक गरिएको छ ।

अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको फिल्मको करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ ।

फिल्म `जिग्री´ वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषय बस्तु रहेको छ ।

कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको फिल्म `जिग्री´लाई आकाश मगरले निर्देशन गरेका हुन् । टिजरमा मुख्य पात्रका अलावा ‘लुट फिल्म’मा पाण्डे नामले परिचित सुशील राज पाण्डे देखी थिएटरमा प्रख्यात पशुपति राईसम्मलाई देखाइएको छ ।

फिल्ममा मुख्य कलाकारहरू सँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।

सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् ।

फिल्ममा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । फिल्मको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments