Trailer

फिल्म ‘जिग्री’कोमा पैसाको चक्कर र युवाको जीवन उल्झन

419888919 752097976426595 1200882630176630747 n e1707147620565

फागुन ४ गते प्रदर्शनमा आउने फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । फिल्मको यस अघि रिलिज गरिएको पोस्टर र टिजरले दर्शकको मन जित्न गर्न सफल भईसकेको छ ।

फिल्ममा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको छ । आकाश मगर निर्देशित फिल्ममा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।

फिल्म वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथा हो । ती युवाहरूले महंगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषय बस्तु रहेको छ ।

सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । फिल्ममा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । फिल्मको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments