Todays Date: २०८३ जेष्ठ १२

‘मेयर’मा जोडिइन् वर्षा, खगेन्द्रको जोडीको रुपमा देखिदै

barsha and dipendra

नायिका वर्षा राउतले नयाँ फिल्ममा काम गर्ने पक्का भएको छ । फागुनको दोस्रो साताबाट छायांकनमा जान लागेको फिल्म ‘मेयर’मा उनले काम गर्ने पक्का भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल र नायिका वर्षा राउतले फिल्मका लागि आज संझौता गरेका हुन् ।

फिल्ममा वर्षाको भूमिका के हुने भन्ने खुलेको छैन । तर, वुझिएअनुसार वर्षाले फिल्ममा दुई कालखण्डको भूमिका निर्वाहा गर्नेछिन् । चलचित्रमा उनी ‘मेयर’की प्रेमिका र पत्नीको भूमिकामा देखिन लागेको वुझिएको छ ।

यो फिल्मको शिर्ष भूमिकामा कलाकार खगेन्द्र लामिछाने फाइनल भइसकेका छन् । यसको निर्माणपक्षले सर्लाहीमा पुगेर लोकेशन समेत हेरिसकेको छ ।

फिल्म ‘मेयर’ले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको कथा भन्नेछ । खगेन्द्र र वर्षाले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

वर्षाको लाइनअपमा अब ४ वटा चलचित्र पुगेको छ । वर्षा अभिनित फिल्म ‘महाजात्रा’ चैत्रको ९ गतेबाट रिलिज हुँदैछ । उनले फिल्म ‘तेल भिसा र अवतार’ पनि साइन गरिसकेकी छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x