Todays Date: २०८३ जेष्ठ १२

निर्देशक तथा कलाकार निश्चल बस्नेतद्वारा इलाममा रहेको जग्गा स्वास्थ्य संस्थालाई दान

nischal

निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम नगरपालिका–१ साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान गरेका छन्।

मंगलबार इलामस्थित मालपोत कार्यालय आएका कलाकार बस्नेतले आफ्नो नामको २ ख ५३ कित्ता नम्बर रहेको तीन रोपनी दुई दाम दुई पैसा जमिन स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई दान दिएका हुन्।

आफ्नो घर भएको ठाउँको जग्गा दान दिन पाउँदा खुसी भएको कलाकार बस्नेतले बताए।

‘हाम्रो घर यही साखेजुङ हो, बुबा बसाइँ सरेर जानुभए पनि म बाल्यकालदेखि नै बुबा र परिवारसँग साखेजुङ आउजाउ गर्थें,’ मालपोतमा जग्गा दान गरिसकेपछि उनले भने, ‘अहिले पनि बुबासँगै आएको छु।’

वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले जनता आधारभूत विद्यालयसँगै रहेको स्वास्थ्य उपकेन्द्रलाई जग्गा निकै साँघुरो भएका बेला कलाकार बस्नेतले दिएको जमिन निकै उपयोगी हुने बताए।

‘उनले प्रदान गरेको जमिन बाटोसँगै जोडिएकाले पनि मूल्यवान् र उपयोगी छ,’ उनले भने, ‘साँघुरो रहेको स्वास्थ्य उपकेन्द्र अब सुविधाजनक हुनेछ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x