Todays Date: २०८३ जेष्ठ १२

फागुन १ देखि बन्द हुँदै गोपीकृष्ण मुभिज

Gopi Krishna

वि.सं २०५२ सालदेखि संचालनमा आएको गोपिकृष्ण मुभिज अब बन्द गर्ने निर्णयमा यसका संचालक पुगेका छन् । मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले एक विज्ञप्ती जारी गर्दै फागुनको १ गतेबाट मुभिज बन्द गर्ने निर्णयमा पुगेको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ–‘कोरोनाको सक्रमण कालदेखि नै फिल्म क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यस प्रालिले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान करण प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिदैन ।’

गोपिकृष्ण मुभिजले सात पर्दा भएको हल संचालन गर्दै आएको थियो । जसमध्ये ४ वटा पर्दा भएको भवन २ बर्ष अगाडि नै भत्काइएको हो । भवन भत्काएर सो ठाउँमा मल बनाउने तयारी गरिएको थियो । तर, अहिलेसम्म मलको काम पनि सुरु हुन सकेको छैन । २५ तले मलमा हल समेत संचालन गर्ने तयारी गरिएको थियो ।

४ वटा पर्दा भएको भवन भत्काएपछि मुभिजले ३ वटा पर्दामा भने फिल्म रिलिज गर्दै आएको थियो । ‘रेड, ब्लू र ग्रिन’ नाममा तीन पर्दा संचालन गरेपनि दर्शकको अकुपेन्सी निकै कमजोर थियो । यसैले, २ बर्षपछि यी तिन हल पनि संचालन गर्न नसक्ने अवस्थामा मुभिज पुगेको हो ।

गोपिकृष्ण हलले नेपाली फिल्म क्षेत्रमा थुप्रै स्टार जन्माएको छ । गोपिकृष्णको सातै पर्दामा फिल्म चल्दा दर्शकको संख्या उल्लेख्य हुन्थ्यो । जसकाकारण, थुप्रै कलाकारको फिल्म हिट र फ्लपको मापन यही हलबाट गरिन्थ्यो । तर, अब यो एउटा इतिहास मात्र हुने अवस्थामा पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x