Todays Date: २०८३ बैशाख १०

लयमा फर्कदै नीतिको करियर, ‘राजा’ मा राजको जोडी बन्ने

raj niti

नायिका नीति शाह नयाँ फिल्म ‘राजा’मा अनुबन्धित भएकी छिन्। निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राजा’मा काम गर्ने पक्का भएको हो । निर्माणपक्षले नीतिसँग कागजी संझौता समेत गरिसकेको छ ।

भर्खरै मात्र ‘खजुरे ब्रो’को छायांकन सकाएकी उनले केही दिन अगाडि मात्र नायक सविर श्रेष्ठको निर्देशनमा तयार हुने फिल्म ‘रुखान’ पनि साइन गरिसकेकी छिन् ।

करिअरको केही बर्ष फिल्म साइन गरेर पनि नबनेपछि निराश बनेकी नीति अहिले भने धमाधम चलचित्रमा काम गरिरहेकी छिन् । उनको व्यस्तता अहिले ह्वात्तै बढेको छ ।

केही बर्ष अगाडी नै निर्माणको घोषणा गरिएको यो फिल्मको शीर्ष भूमिकामा नायक राज कटुवालले काम गर्नेछन् । भने, यो फिल्मका लागि राजले लामो समयदेखि शरीर समेत बनाइरहेका छन् ।

केही दिनमै छायांकन सुरु गर्ने तयारीमा रहेको यो फिल्मको निर्माता तथा नायक राज कटुवालले vको तयारी तीव्र पारिएको बताएका छन् । यसै फिल्म मार्फत नायिका नीति र राजले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x