Todays Date: २०८३ बैशाख २४

विवाह गर्दै नन्दिता, क्यानडामा गरिन् इन्गेजमेन्ट

Nandita KC

नायिका नन्दिता केसी वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले, फागुनको १९ गते बिहे गर्न लागेकी हुन् । सामाजिक संजालमा उनले एक तस्विर पोष्ट गर्दै लेखेकी छिन्–‘जीवनको नयाँ यात्राको सुरुवात । मैले, हुन्छ भने…।’

नन्दिता केसीले डाक्टर अरविन्द्र कटवालसँग बिहे गर्न लागेकी हुन् । कार्डियोलोजिस्ट कटवालसँग उनको केही महिना अगाडि मात्र भेट भएको वुझिएको छ । उनीहरुको मागी बिबाह हुन लागेको हो ।

अरविन्द्र अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्दै आएका छन् । नायिका केसी पनि केही बर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् ।

बिहेको प्रश्नमा सधैं योग्य मानिस नभेटिएको जवाफ दिने नन्दिता अब भने नयाँ जीवनको यात्रा सुरु गर्ने तयारीमा छिन् ।

कामको कुरा गर्नुपर्दा नन्दिताले ‘इन्द्रेणी, कैफियत, बाटोमुनिको फूल, हामी तीन भाई, युगदेखि युगसम्म, निशाना, जङ्गबहादुरको कोट, सपना, मृगतृष्णा’ लगायतका फिल्ममा काम गरेकी छिन् ।

नन्दिता गायक बाबु बोगटीको ‘सान्नानी तिमीलाई’ बोलको गीतमा अभिनय गरेपछि पनि निकै चर्चामा आएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x