Todays Date: २०८३ बैशाख २०

पूजा शर्मालाई ‘बहुरुपी औरत’ संज्ञा दिँदै समीक्षा अधिकारीको तीव्र व्यंग्य

samikchya pooja

गायिका समीक्षा अधिकारीले नायिका पूजा शर्मामाथि तीव्र कटाक्ष गरेकी छन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकीछिन्।

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै,-‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ। आज फेरि आफ्नो फाईदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ। बहुरुपी औरत।’

‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजालाई रोएको आरोप लागेको थियो । त्यसपछि उनी समीक्षासँग निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पूजा र समीक्षाले टिकटक भिडियो बनाउँदै नजिक भएको सन्देश पनि दिए ।

तर, पल जेलबाट निस्केपछि पूजा र पलको सम्बन्धमा दरार उत्पन्न भयो । पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन् । पल शाहसँग टाढिएपछि उनी समीक्षासँग नजिकिइन् ।

अहिले फेरि पल र पूजाको मिलन भएको छ । पूजा पलको बखान गर्दै हिँड्न थालेकी छ्न् । यसैलाई लिएर समीक्षाले बोल्ड स्टेटमेन्ट दिएकी हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x