Series

कान्तिपुर सिनेमाजमा नेपाली ‘फिक्सन’

Nepali Fiction Poster
Nepali Fiction Poster

विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले सञ्चालनमा ल्याएको ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’मा स्वतन्त्र फिल्ममेकरले बनाएका फिल्महरु रिलिज भइरहेका छन् । यो प्लेटफर्ममा ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’ लगायतका ‘इन्डिपेन्डेन्ट’ फिल्महरु उपलब्ध छन् । अब अर्को ‘इन्डी’ फिल्म ‘नेपाली फिक्सन’ रिलिज भएको छ ।

एकजना ग्याङ्स्टरलाई लागू औषधको समान पुर्‍याउन गएका दुई पात्रबीच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाव र लालचबाट उत्पन्न हुने अन्तरद्वन्द्वलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको गत फागुन २ गते काठमाडौंस्थित विश्वज्योति हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मलाई सुखद् प्रतिक्रिया मिलेको थियो । यो फिल्म सन् २०२२ मा बनाइएको थियो ।

फिल्मलाई देवेन्द्र खत्रीले निर्देशन गरेका हुन् । यसअघि उनले थुप्रै सर्ट फिल्म बनाएका छन् । संजोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा, रुपेश दाहाल आदिको अभिनय रहेको फिल्ममा आशिष घिमिरेको छायांकन तथा सजल लोप्चनको सम्पादन छ । यो ओटीटीमा ‘नेपाली फिक्सन’सहित ‘ब्रह्माण्ड’, ‘जुलेबी’, ‘ज्याकी : आईएम ट्वान्टी वान’ जस्ता फिल्म तथा सिरिज उपलब्ध छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments