Todays Date: २०८३ असार ८

दीपिका र दीवाकरलाई पुत्रलाभ

Deepika Prasain and Diwakar Bhattarai

नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराईलाई पुत्र लाभ भएको छ । आइतबार बेलुकी काठमाडौंको ग्रान्डी अस्पतालमा दीपिकाले छोरालाई जन्म दिएकी हुन् । बेलुकी ८ः४५ मा सिजेरिङ गरेर दीपिकाले छोरालाई जन्म दिएको वुझिएको छ ।

अप्रेशन गरेका कारण आमा र छोरालाई अझै केही दिन अस्पताल राख्नुपर्ने वुझिएको छ । आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

दीपिका र दिवाकरले ४ बर्ष अगाडि बिबाह गरेका थिए । दीपिकालाई नायिका बनाएर निर्देशक दिवाकरले नयाँ फिल्म ‘मायाबी’ समेत तयार पारिसकेका छन् । दीपिका आमा बन्ने भएपछि यो फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।

दीपिकालाई दिवाकरले नै फिल्म ‘ऐश्वर्य’बाट फिल्म क्षेत्रमा भित्राएका हुन् । दीपिका र दिवाकरलाई पुत्र लाभ भएकोमा धेरै धेरै बधाई ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x