Todays Date: २०८३ असार ९

फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा

Ishwor 1

आउँदो बर्षका लागि पनि निर्माताहरूले धमाधम फिल्मको प्रदर्शन मिति तय गरिरहेका छन् । दशैं–तिहार मात्र नभएर अन्य मितिमा पनि फिल्म रिलिज गर्न निर्माताहरू हानथाप गरिरहेका छन् । यसैबिच, निर्देशक राजु गिरीको नयाँ फिल्म ‘इश्वर’को प्रदर्शन मिति तय गरिएको छ ।

यो फिल्म आउँदो बर्षको मंसिर १४ गतेबाट रिलिज हुने घोषणा निर्माणपक्षले गरेको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाँई, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रविन्द्र झा, वुद्दि तामाङ, शिशिर वाङ्देल, गीता अधिकारी लगायतको अभिनय छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ ।

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाँई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे, सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाँइको छायांकन र देव महर्जनको एक्सन छ । यो फिल्मको छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x