Todays Date: २०८३ बैशाख १०

‘पुजार सार्की’मा मेघराज खत्री बने पल शाह

paul

निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पुजार सार्की’ जेठ ११ गतेबाट सार्वजनिक प्रदर्शमा आउँदैछ। शनिबार निर्देशक राउतले फिल्मका मुख्य पात्र मध्यका अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । फिल्मका अर्का मुख्य पात्रहरु आर्यन सिग्देल र प्रदीप खड्का हुन्। प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने यसअघि नै सार्वजनिक भइसकेको थियो ।

पल शाहको गेटअप झल्कने तस्वीर रिलिज गर्दै निर्देशक राउतले उनको नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै पात्र परिचय गराएका हुन् । फोटोमा उनी काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् ।

जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित रहेर निर्माण गरिएको यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले फिल्म प्रकाशमा सहकार्य गरेका थिए ।

यो फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दै छन् । राजेश श्रेष्ठको डिओपी, सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ रहनेछ। साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने यो फिल्मका मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् ।

फिल्ममा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दै छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x