Todays Date: २०८३ बैशाख ११

चलचित्र सङ्घमा नरेन्द्रको नेतृत्व

narendra maharjan1

प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले नरेन्द्र महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति पाएको छ । शनिबार काठमाडौंमा आयोजित संघको ४९ औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा महर्जनले आफ्ना प्रत्यासी कुवेर शर्मालाई ६० मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । अब तीन वर्ष उनले संघको नेतृत्व गर्नेछन् । यसअघि उनी संघको महासचिव थिए ।

त्यसैगरी, संघको सदस्यहरुमा छविराज ओझा, गोपालकाजी कायस्थ, देबेन्द्र खड्गी, प्रज्वल सम्सेर राणा, ओमप्रकाश जैशी, करण श्रेष्ठ, आशिष तामाङ, कपिलप्रसाद द्धा, गोविन्द शाही, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ र सुरेन्द्र थापा चयन भएका छन् । १३ सदस्यहरुबाट सहमतिकै आधारमा कार्य विभाजन हुनेछ । त्यसका लागि संघले आइतबार कार्यसमितिको बैठक राखेको छ ।

संघले साधारण सभामा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, छायांकार मञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, सम्पादक नरेन्द्र खड्का, प्रदर्शक तीर्थ प्रधान र रंग पत्रकार विदुर गिरीलाई सम्मान गरेको थियो । २०१३ सालमा स्थापना भएको चलचित्र संघ फिल्म क्षेत्रकै सबैभन्दा पुरानो संस्था हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x