Todays Date: २०८३ बैशाख ११

‘डिग्री माइला’को हाइप उच्च, संवाद चर्चामा

digri maila

कुनै पनि फिल्मको व्यवसायीक र कलात्मक सफलता पर्दामा प्रस्तुत गरिने चित्रहरूको सूक्ष्मता र आकर्षक संवादमा भर पर्छ ।

चैत ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’को पनि अहिले संवाद चर्चामा छ । ट्रेलरमा समावेश संवादले दर्शकको ध्यान तानेको छ । ट्रेलरमा यसका मुख्य नायक दयाहाङ राईले १० संवाद बोलेका छन् । यो फिल्मले एउटा चर्चित नेपाली भनाइलाई आफ्नो नारा बनाएको छ ।
उसले आफ्नो फिल्मको नाममा ‘किन चाउरिस मरिच आफ्नो राग’ले भन्ने भनाइ जोडेको छ ।

यसले फिल्मको शीर्षक पात्र ‘डिग्री माइला’को व्यक्तित्व र परिस्थिति चित्रण गर्दछ । मरिचको विम्बले ‘डिग्री माइला’ एउटा पढेको तर स्वभावले अड्बङ्गो र अप्ठ्यारो पात्रका रुपमा प्रस्तुत हुन्छ ।

फिल्मको ट्रेलरले अझ यो पात्रमाथिको सिंहावलोकन दिएको छ । ट्रेलर भरी यसले जुन किसिमको संवाद बोल्छ वा अन्य पात्रलाई जुन किसिमले बोली फर्काउँछ यसले अभिनेता दयाहाङ यसपटक फरक चरित्रमा फिल्ममा आउनेछन् भन्ने संकेत मिल्दछ ।

सम्भवतः दर्शकहरुमा रहेको ‘कबड्डी’ सिरिजको ‘काजी’ इमेजलाई यो पात्रले मुक्त गराउनेछ ।

फिल्मको यो पात्र बुझ्न यसका संवादहरू काफी छन् । उसले बोल्ने संवादले यो पात्रको यस कहानी भित्र रोचकता र कथानकता कुन प्रकारको हुन्छ ? अहिले अनुमान गर्न सकिन्छ ।

यसपटक रामबाबु गुरुङले संवादबाट बाजी मार्ने अनुमान गर्न सकिन्छ । यसको व्यवसायिक सफलताको श्रय संवादले पनि प्राप्त गर्नेछ ।

ट्रेलरका दशै संवादमा ‘डिग्री माइला’ आफ्नो थर्डक्लास डिग्रीको ‘मरिच राग’ प्रस्तुत गर्दछ ।

ऊ समाज, बाबु, प्रेमिका सबैसँग ‘मरिच’ व्यक्तित्वका साथ प्रस्तुत हुन्छ । उसको यही स्वभावले कथा बनाएको छ । यसैले फिल्मको ‘राग’लाई उच्च पार्नेछ । फिल्ममा कथानक पनि यही गुणवत्ताले भएमा फिल्मले एउटा स्तर प्राप्त गर्न सक्नेछ ।

उदाहरणका लागि डिग्री बोकेर गाँऊ फर्केकी प्रेमिकाले ऊसँग उपहारको आश गर्छे तर रित्तो हात फर्किएको माइलाले जवाफ दिन्छ– ‘बाहुनी बजै के सारो आशे भाको, तिमले बोक्न नसक्ने गरी छातीभरी माया ल्याइदेको छु ।’

यस्तै अरु अनेकन प्रंसगमा उसले फेरि निम्न प्रकारका ओठे जवाफ फर्काउँछ ।

त्यही भन्या तिम्रो बाउलाई मनै नपर्ने मान्छेको डिग्री चाहिँ किन चाहिएको होला ?

अनि म चैं दुनियाँमा कोही नपाएर तिम्रो पछि लाग्या जस्तो लाग्यो ?

शहरमा मिस नेपालहरु म जस्तो ह्यान्डसम र ट्यालेन्ट केटा नपाएर कुमारी बसेका छन् बुझ्यौ ।

आजभोलि अनुहारको होइन ट्यालेन्टको भ्यालु छ । अनुहारमा त म गोबरै पोतेर पनि केटी पट्याइदिन्छु ।

प्रेमीका रुपमा यो घमण्डको रागले माइलाको ’मरिच’ चरित्रलाई राम्रै उजागर गर्दछ।

त्यस्तै आफ्नो बाउसँग बहुराष्ट्रिय कम्पनीहरु ऊ प्रति कति चुम्बकीय छन् भनेर पनि खोक्छ।

’मलाई तलब दिन सक्ने हैसियत छ । कोक खान्छौ नि कोक, मल्टि नेसनल कम्पनी हो, कन्ट्री हेडको अफर छ, १० लाख तलब, गाडी, ड्राइभर, बडिगार्ड, बस्ने खाने क्वार्टर, संसारभर घुम्ने फ्रि एयर टिकट सक्छौं ।’

त्यस्तै उसको बाबु र समाज कुवाका भ्यागुत्ता हुन्। त्यसैले त आफूलाई मेस्सी झै ठान्ने उसले उनीहरुलाई हियाउँदै भन्छ।

’स्तर मिल्दैन के भाई हो बुझन, अब तेरो आँगनमा आएर मेस्सीले फुटबल खेल्ला त ?’

’तिमीहरु कुवामा बस्ने भ्यागुतालाई म उडे जस्तै त लाग्छ, समुन्द्र देख्नेलाई पो थाहा हुन्छ, पानि जहाज कत्रो हुन्छ भनेर ।’

त्यस्तै उसलाई लाग्छ ऊ उसको समाजको अविजित योद्धा हो, त्यसैले युद्ध लड्ने धम्की दिन्छ र भन्छ ?

युद्धै चाहेको हो भने लडौं न त युद्ध औकात छ ?

नडराउ केटा हो, मैले चाहे भने २ घण्टामा हेलिकप्टर सेना झारेर गाउँ नै हरियो बनाई दिन्छु ।

यी र यस्तै संवादले यसपटक ’डिग्री माइला’ रोचक पात्र बन्नेवाला छ र गतिलो फिल्म खुराक बन्ने आश गर्न सकिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x