Todays Date: २०८३ बैशाख ११

नीतिको दुःखेसो, भन्छिन्- ‘अनलक्की’ भन्दा निराश भइसकेकी थिएँ

niti shah 2

डेब्यु फिल्म ‘खजुरे ब्रो’को पत्रकार सम्मेलनमा नायिका नीति शाह एकाएक भावुक देखिइन् । बोलिरहँदा उनका आँखा रसाए । धमाधम फिल्म साइन गर्ने तर फिल्म नबन्ने सन्दर्भमा आफूलाई ‘अनलक्की’ भनिएकोप्रति उनको दुःखेसो थियो ।

उक्त पत्रकार सम्मेलनमा नीतिले फिल्म ‘रावायण’ पनि नबन्ने खबर सार्वजनिक भएपछि मिडियामा आफूलाई जोडेर आएका खबरले निराश बनाएको बताएकी छिन् ।

नीतिले भनिन्–‘जब रावायण पनि बनेन्, त्यसपछि मैले साइन गरेका फिल्म नै बन्दैन भनेर मिडियामा खबरहरु आएँ । यो कुराले मलाई निराश बनाएको थियो । म मेरो मिडियाका साथीहरुलाई यस्तो नगरिदिनुहुन अनुरोध गर्दछु ।’

भावुक हुँदै नीतिले अगाडि भनिन्–‘अलिकती केही गर्न लागिरहेको बेलामा यस्ता कुराहरुख आउँदा निराशा छाउने रहेछ । मलाई सबैले साथ दिनुहोला । यस्ता खबरले अलिकती उत्साह घटाउने काम गर्दो रहेछ ।’

नीतिले आफूले ‘खजुरे ब्रो’मा काम गरेका कारण ‘रावायण’बाट निकालिएको गसिपलाई पनि खण्डन गरिन् । भनिन्–‘त्यो फिल्मको आफ्नै कथा छ । म भारतमा अनुपम खेर सरको स्कुलमा अभिनयको अध्ययन गरिरहेको थिएँ । मलाई निर्देशकले बोलाउनुभयो र नेपाल आएँ । पछि फिल्म नबन्ने भयो । फिल्म नबन्ने भएको केही समयपछि मात्र मैले ‘खजुरे ब्रो’ साइन गरेकी हुँ । यसैले, यी दुई फिल्मको कुनै पनि कनेक्शन छैन ।’

उनले, फिल्म ‘खजुरे ब्रो’का लागि निकै नै मिहिनेत गरेको बताइन् । भनिन्–‘मेरो आगामी फिल्ममा अझै राम्रो हुनेछ भन्ने आशा गरेको छु । मलाई सबैले साथ दिनुहोला । यो मेरो डेब्यू फिल्म हो । मलाई रमाइलो लागिरहेको छु ।’

नीतिले मोडलिङमा काम गर्न थालेको एक दशक भयो । तर, फिल्म क्षेत्रमा आएपछि आफूलाई केही फरक लागेको उनले सुनाइन् । यो क्षेत्रमा भिज्दै गएपछि भने आफूले धेरै कुरा वुझेको उनले सुनाइन् ।

नीतिले अभिनय गरेको फिल्म ‘खजुरे ब्रो’ बैशाखको २८ गतेबाट रिलिज हुँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x