Todays Date: २०८३ जेष्ठ ३१

राजेशपायल राई र साङ्गवुङले गरे सम्बन्ध विच्छेद

rajesh payel rai1

चर्चित गायक राजेश पायल राई र उनकी श्रीमती साङ्गवुङ राइबिच सम्बन्ध विच्छेद (डिभोर्स) भएको छ । उनीहरुले चैत्रको १५ गते काठमाडौं जिल्ला अदालतमा डिभोर्स गरेका थिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले उनीहरुको सम्बन्ध विच्छेदको फैसला सुनाएको हो ।

मुद्दा दायर भएको लामो समयपछि उनीहरूले सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । गायक राई आफैले सम्बन्ध विच्छेद गर्नका लागि गत साउन २१ गते मुद्दा दायर गरेका थिए ।

गायक राईले आफ्नो बिबाहको खबरलाई भने गोप्य राख्दै आएका थिए ।

अदालतको फैसला अनुसार, गायक राईले आम र छोरालाई ५० लाख रुपैयाँ दिने, नक्सालमा रहेको घर पत्नीलाई दिने र छोरा १८ बर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ माना चामल भराउन पनि अदालतले आदेश दिएको छ । यस्तै, छोराको सम्पूर्ण शिक्षाको खर्च पनि गायक राईले नै व्यहोर्नुपर्नेछ ।

गायक राई र साङबुङले वि.सं २०७८ सालको असोज महिनामा विवाह दर्ता गरेका थिए । तर, बिहे दर्ता गरेको २ बर्षमै उनीहरुबिच डिभोर्स भएको हो ।

गायक राईलाई बुधबार प्रहरीले मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै नियन्त्रणमा लिएको थियो । उनलाई आज बिहान आफन्तको जिम्मा लगाइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x