Todays Date: २०८३ बैशाख १०

रमितको ‘नमेटिने घाउ’मा माधव नेपाल र ज्ञानेन्द्र शाही

Nametine ghau madhav gynendra

अभिनेता रमित ढुंगानाले आफ्नो डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’मा नेताहरुलाई पनि अभिनय गराएका छन् । मंगलबार बिहान पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दृश्य खिचियो । जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसमा भएको छायांकनमा उनले संवाद बोलेर अभिनय गरेका हुन् । छायांकन सेटमा उनले करिब एक घण्टा विताएका थिए ।

एसिड आक्रमणको विरोधमा विद्यार्थीहरुले निकालेको र्‍यालीको दृश्यमा नेता नेपालले दोषीलाई कारबाही गर्ने भन्दै संवाद बोलेका थिए । फिल्ममा उनको भूमिका अर्थपूर्ण र सान्दर्भिक रहेको निर्माण नियन्त्रक प्रणव सुवेदीले जानकारी गराए । नेता नेपालका साथै मंगलबार नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको पनि दृश्य खिचिएको छ ।

यो फिल्ममा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय रहनेछ । उनले छायांकनका लागि बिहीबारको समय दिएका छन् । फिल्ममा उनले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नेछन् । फिल्म एसिड आक्रमणको कथामा बनेकाले यस्ता घटना रोक्न नेताहरुको प्रतिवद्धतालाई फिल्ममा देखाउन लागिएको हो । फिल्मको ८० प्रतिशतभन्दा बढी छायांकन भैसकेको छ ।

३३ जना एसिड पीडितको कथा समेटिएको फिल्ममा शिवम् अधिकारीको लेखन छ । सुरवीर पण्डित, रामचन्द्र अधिकारी, मुस्कान खातुन, सिम्रन खड्का, रचना गौतम, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, आरती आचार्य, प्रभातपल ठकुरी, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा आदिको ‘नमेटिने घाउ’मा अभिनय रहेको छ ।

madhav
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x