Todays Date: २०८३ बैशाख १०

अशोक दर्जीलाई लिएर फिल्म बनाउँदै टंक

tanka budathoki

चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले फिल्म बनाउने भएका छन् । बाल-गायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नाममा नै फिल्म निर्माण गर्न लागिएको हो । बिहीबार चलचित्र विकास बोर्डमा फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’को निर्माण इजाजत लिएका छन् ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा निर्मातामा विनय अधिकारी रहेका छन्। अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ को पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन् ।

फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ । नायक र नायिका लगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन जाने निर्माता तथा निर्देशक बुढाथोकीले जानकारी दिएका छन् । फिल्मलाई २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ ।

फिल्ममा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु फिल्ममा समावेश हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x