Todays Date: २०८३ बैशाख १०

यस्तो छ फिल्म ‘फर्की फर्की’को ट्रेलर

Farki Farki.jpg

अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सार्बजनिक गरिएको ट्रेलरबाट फिल्म टाइम ट्राभलको कथामा बनेको बुझ्न सकिन्छ । फिल्ममा अनमोललाई स्टाइलिस रुपमा प्रस्तुत गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङ रहेकी छन् ।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह-निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् ।

जेठ १० गते रिलिज हुने यो फिल्मसँगै फिल्म ‘पूजार सार्की’ र पुजा शर्माको प्रमुख भूमिका रहेको फिल्म ‘दान्भी’ भिड्दै छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x