‘आँखा’ फर्स्टलुक सार्वजनिक, प्रदर्शन मिति घोषणा

aankha movie

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर लामा सिनेमा प्रालीले शुक्रबार फिल्मको फर्स्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ । फिल्म आगामी असार १४ बाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।

जौन योन्जनको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक पोस्टरमा प्रायः सबैजसो प्रमुख कलाकारहरू लाई स्थान दिईएको छ । ‘आँखा’भित्र कलाकारहरूलाई पर्स्तुत गरिएको छ भने त्यसको बीचमा सुर्यमुखी फूललाई समेत जोडिएको छ । अर्को थीम पोस्टरमा पनि फोहोरको थुप्रोमाथी सुर्यमुखी अंकित हुँदा त्यसले फिल्मको कथामा भिन्न संकेत गरेको अनुमान लगाउन सकिन्छ ।

‘मानवता, सामाजिक दबाब, नैतिक र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्। यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराईसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण हो , पोस्टर रिलिज गर्दै निर्देशक योन्जनले भनेका छन्, ‘दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यहि परिधि भित्रको रमाइलो कथा ‘आँखा’ हो ।

फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भिमसेनले तयार पारेका हुन् । निर्देशक योन्जन पछिल्लो पुस्ताका संभावनावान निर्देशकमा गनिन्छन् । वितरण कम्पनिसँगको सल्लाहमा फिल्मको प्रदर्शनलाई असार दोस्रो साता रोजेको उनले बताए । आरआर फिल्मस्’ले यो फिल्मको प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।

नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको जम्बो टिम रहेको फिल्म मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड देखिन्छ । पोस्टरले पनि यहि संकेत गरेको छ । विभिन्न प्रचार सामग्री सार्वजनिक गर्दा फिल्मको थप कथा रिभिल गर्दै जाने निर्देशक बताउँछन् ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्ममा स्मिता लामिछाने,आरके मेहता, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।

स्मिता लामिछाने निर्माता रहँदा कृष्ण भण्डारी र निर्देशक योन्जनले फिल्मको सम्पादन गरेका छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा संगीत दिपक आरजेको छ भने द्वन्द्व निर्देशकमा रेवन्तविक्रम थापा छन् । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x