News

रहेनन् फिल्म ‘माइतीघर’का अभिनेता लोहनी

cp mainali
cp mainali

कलाकार सिपी लोहनी (चितम्बरप्रसाद लोहनी)को निधन भएको छ।

लोहनीको ८६ बर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

उनको पार्थिव शरीरको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’मा काम गरेपछि सीपीको फिल्म क्षेत्रमा छुट्टै स्थान बनेको हो । उनले, फिल्म ‘माइतीघर’को गीत समेत गाएका थिए । 

सीपी लोहनीले फिल्म ‘माइतीघर’की नायिका माला सिन्हासँग बिहे गरेका थिए ।

आफ्नो जीवनकालमा कलाकारिता क्षेत्रमा निकै ठूलो योगदान दिइएका सिपीको निधनले सम्पूर्ण नेपाली फिल्म क्षेत्रलाई नै स्तब्ध तुल्याएको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments