Todays Date: २०८३ जेष्ठ १२

‘वर एण्ड बधु’लाई लिएर निकै उत्साहित देखिएकी कुसुम

kusum sharma 1

मोडलिङबाट फिल्म क्षेत्रमा प्रवेश गर्ने दौडमा रहेकी कुसुम शर्मा हाल धमाधम फिल्म ‘वर एण्ड बधु’को छायांकन गरिरहेकी छिन् ।

मिलन चाम्सको निर्देशनमा तयार भइरहेको यो फिल्मको काठमाडौंमा केही दिनदेखि धमाधम छायांकन चलिरहेको छ । फिल्मको सेटमा मुख्य नायक विवेक कर्माचार्य, कलाकार किरण केसी र नव–कलाकार कुसुम शर्मा जोडिएका छन् । नायिका आँचल शर्मा भने ‘डिग्री माइला’को शोका लागि हङकङमा छिन् ।

निर्माण टिमले सामाजिक संजालमा शेयर गरेका तस्विरमा पनि कुसुम फिल्मलाई लिएर निकै उत्साहित देखिएकी छिन् । फिल्ममा उनको भूमिका के हो भन्ने खुलाइएको छैन ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

फिल्म ‘बर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलोसँग भनेको निर्देशक चाम्स बताउँछन् । साथै, उनले कुसुमको भूमिकाले दर्शकलाई सरप्राइज दिने पनि बताए ।

फिल्ममा श्रृष्टी खड्का, हिमेश पन्त लगायतको पनि अभिनय छ । सुदिप बरालको छायांकन रहेको फिल्ममा हिमाल केसीको एक्सन छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । छायांकन सकिए लगतै फिल्मको रिलिज मिति तय गर्ने तयारी निर्माणपक्षको छ ।

यो फिल्मको पहिलो चरणको छायांकन रोमानियामा भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x