Todays Date: २०८३ जेष्ठ ११

पूर्वी नेपालमा ‘मनसरा’को उत्कृष्ट सुरुवात, दर्शक भेट्न हल पुगे दयाहाङ, मिरुना र प्रवीन

Mansara Dharan 1

आजबाट रिलिजमा आएको फिल्म ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट सुरुवात गरेको छ । फिल्मले काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो कमाई गरेको निर्माणपक्षले बताएको छ ।

शुक्रबार बिहानैबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको छ । बिहिबार विराटनगरमा प्रिमियर गरेर फिल्मको टिमले पूर्वका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएको थियो । शुक्रवार दिनभर विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोड पुगेर फिल्मको टिमले दर्शकसँग साक्षात्कार गर्यो ।

धरानको फ्रेन्ड्स हलमा नायक दयाहाङ राई, कलाकार प्रवीण खतिवडा, नायिका मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा दर्शक भरिभराउ थिए । उनीहरुले फिल्म उत्कृष्ट बनेको भन्दै प्रशंसा गरेका थिए ।

शैलेन्द्र ध्वज कार्कीको छायांकन तथा निर्माण रहेको यो फिल्मले प्रिमियरमा पनि निकै तारिफ पाएको थियो । यसैले, बलियो वर्ड अफ माउथका कारण फिल्मको व्यापार शनिबारबाट अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x