Todays Date: २०८३ बैशाख १४

५१ दिनको यात्रा तय गर्दै ‘महाजात्रा’, तोड्यो त ‘जारी’को रेकर्ड ?

2nd week mahajatra scaled e1715225565100

चैत्रको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । यो फिल्मले अब शनिबार देशका विभिन्न हलमा ५१ दिनको यात्रा तय गर्दैछ ।

गतबर्ष रिलिजमा आएका ‘जारी, दिमाग खराब’पछि ‘महाजात्रा’ले नै हलमा ५१ दिनको यात्रा पार गर्न लागेको हो । गतबर्षको ब्लकबस्टर यो फिल्मले बक्स अफिसमा पनि आक्रामक कमाई गरेको छ । फिल्मले १६ करोड हारहारीको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको निर्माणमा तयार भएको फिल्मलाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले गतबर्ष रिलिजमा आएको फिल्म ‘जारी’को रेकर्ड तोड्ने अपेक्षा गरिएको थियो । तर, फिल्मको व्यापारिक आँकडा हेर्दा ‘जारी’को १७ करोड माथिको रेकर्ड सुरक्षित नै रहेको देखिन्छ ।

यसअघि ‘जात्रा र जात्रै जात्रा’ले पनि बक्स अफिसमा ५१ दिनको यात्रा तय गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x