Todays Date: २०८३ बैशाख १३

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक, मन छुने शब्दमा यथार्थवादी दृश्यहरू

pujar 1

यही जेठ १० गते (बुद्ध जयन्ती)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । मर्मस्पर्शी भावको गीतमा बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको छ भने फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत छ । गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको जटिल परिस्थिति, पीडा र निराशालाई देखाइएको छ ।

गीतका शब्दहरु जीवनको यथार्थलाई चित्रण गर्ने खालका छन् । ‘देउता पनि मान्छेजस्तै बोली दिने भए, मेरै पीरले दुनियाँलाई पोली दिने भए’ जस्ता शब्दहरुले जिन्दगीको वास्तविक भोगाई र पीडालाई दर्शाउँछन् । गीतमा समावेश दृश्यहरुबाट भने अन्तरजातीय प्रेमले उब्जाएका सामाजिक र पारिवारिक समस्यालाई प्रष्ट पार्न खोजिएको छ । गीतले नै फिल्मको कथासार बुझाउन मद्दत गर्छ ।

तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्मले जातीय विभेदविरुद्धको कथा भनेको छ । आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमिका निभाएकी छन् । प्रदीप भने दमाई चरित्रमा छन् । उनको मगर समुदायकी परीक्षा लिम्बूसँग माया बसेको छ । पलको चरित्र भने विद्रोही छ ।

‘प्रकाश’बाट राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको यो फिल्ममा मोहन निरौला, शङ्कर आचार्य, प्रेम सुब्बा, तारा शर्मा, सुवास गजुरेल, लोकेन्द्र लेखक, विद्या कार्की, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । स्टारकास्ट र ट्रेलरले बढाएको हाइप हेर्दा ‘पूजार सार्की’ले बक्स अफिसमा राम्रो व्यापार गर्ने सम्भावना देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x