Todays Date: २०८३ बैशाख ११

आलोचनापछि महजोडीले मागे माफी

maha jodi

मह जोडी अर्थात् वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् ।

उनीहरुले अष्ट्रेलिया जानू अघि ब्रिक्स क्याफेमा सिरोहियाको पक्षमा अभिव्यक्ति दिएपछि विवादमा तानिएका कलाकारद्वयले एक भिडियो सन्देश जारी गर्दै आफूहरुल बोलेकोप्रति क्षमा मागेका हुन् ।

सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । जसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको पक्षमा वकालत गरेका थिए ।

जुन अभिव्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो । जुन अभिव्यक्तिलाई लिएर उनका शुभेच्छुकले निकै आलोचना गरेका थिए । महजोडी अहिले कार्यक्रमका लागि अष्ट्रेलिया छन् ।

उनीहरुले अष्ट्रेलियाबाटै भिडियो सन्देश जारी गर्दै माफी माग्दै मदन कृष्ण श्रेष्ठले भनेका छन्, “हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ, त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो, हामी पनि के बोल्ने भनेर अकमकियौँ । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।”

यस पछि हरिवंशले थपेका छन्, “अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो, हामीबाट त्रुटि भयो, आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ, सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।”

अभिव्यक्ति विवादित भएपछि महजोडी सहभागि अष्ट्रेलियाको कार्यक्रम नै प्रभावित बन्न पुग्यो । उनीहरुको शोमा आउन टिकट काटेका धेरैले टिकट रद्द गरेका छन् । जुन घटनापछि महजोडीले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै माफी मागेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x