Todays Date: २०८३ बैशाख १०

क्यान्सरले थलिएका नक्कली ‘प्रचण्ड’लाई गोरेटोको आर्थिक सहयोग

p

रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका छन्।

तेस्रो स्टेजको आन्द्राको क्यान्सरसँग लडिरहेका नक्कली प्रचण्डको उपनामले परिचित कलाकार गौतम गत वर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि काममा फर्किन सकेनन्। उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई गोरेटो कन्सलट्यान्सीले आर्थिक सहयोग गरेको छ।

गोरेटो कन्सलट्यान्सीले कलाकार गौतमलाई १५ हजार रुपैयाँ र मेडिकल सामाग्री उपलब्ध गराएको हो। गोरेटो कन्सलट्यान्सीले उनकै निवासमा पुगेर उक्त रकम र मेडिकल सामाग्री उपलब्ध गराएको छ।

विगत वर्षदिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसकेका छन्। उनी भन्छन्, ‘मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ। अब भारतमा थप उपचारका लागि जाँदैछु। तर, कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन।’

कलाकार गौतमलाई कलाकर्मी, साथीभाई र शुभचिन्तकले आर्थिक सहयोग गर्दै आएको भएता पनि सरकारी तवरबाट कुनै पहल नभएको उनी बताउँछन्। भन्छन् प्रधानमन्त्री प्रचण्डसम्म कुरा पुगेको भएता पनि सहयोग र आफ्नो उपचारबारे अहिलेसम्म कुनै सहयोग नपाएको उनले दुखेसो पोखे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x