Todays Date: २०८३ बैशाख १०

वर एण्ड बधुको इतिहासमा चर्चा चल्छ यही बिहेको नामले

hq720

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘वर एण्ड बधु’को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । बिहेको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ ।

राजेश पायल राई र मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत, मुक्ता उदासको शब्द यो गीतमा छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । गीतमा सबै कलाकारहरुले निकै जोसिलो नृत्य गरेका छन् ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा जानुका थापाको लगानी छ । अमृत रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । यो फिल्मको पहिलो गीत ‘तिमी सँग’ले दर्शकको साथ पाइरहेको छ । सार्वजनिक दोस्रो गीतले पनि दर्शकको माया पाउने विश्वास गर्न सकिन्छ ।

यो फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने लगायतका कलाकारहरुको अभिनय छ । भदौको १४ गतेबाट यो फिल्म विश्व बजारमा एकसाथ रिलिज हुँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x