Todays Date: २०८३ बैशाख १०

‘नमेटिने घाउ’को फस्टलुकमा प्रधानमन्त्री ओली

ramit.jpg

अभिनेता रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले यहि भदौ ७ गते रिलिज गर्ने घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको तस्वीर देख्न सकिन्छ । प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड पिडित मुस्कान खातुनलगायतलाई पनि पोस्टरमा देख्न सकिन्छ।

सत्य घटनामा आधारित यो फिल्म देश नेपाल भित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको वास्तविक घट्नामा आधारित रहेर निर्माण गरिएको ढुंगानाले जानकारी दिए।

‘यो फिल्ममा एसिड आक्रमणमा परेका ब्यक्तिहरुको वास्तविक जीवनकथा देखाउन खोजेका छौ। यो फिल्म निर्माण गर्नुको एउटै उदेश्य हो,एसिड आक्रमणमा परेका ब्यक्तिले समाजमा भोग्नु परेको दर्दनाक दुस्ख,पीडा र अपहेलित हुनु परेको कथाको माध्यमबाट फेरि हाम्रो समाजमा हाम्रो दिदि बहिनी, दाजु भाईहरु माथी यस्तो घटना नघटोस् र यस्तो अपराध गर्ने अपराधीले कडा भन्दा कडा सजाय पाओस, बलियो कानुन बनोस भन्ने नै हो। यो एउटा चलचित्र मात्रै नभएर अभियान पनि हो, ’ढुंगानाले लेखेका छन्।

यस फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पनि विशेष भूमिकामा छन्। रमित नै निर्माता रहेको फिल्मको कथा शिवम् अधिकारी लेखेका हुन्। यस फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाल लगायतको अभिनय छ।

image 1
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x