सात वर्षपछि फिल्ममा फर्किँदै आसिफ, ‘जन्ते बाख्रो’मा अनुबन्धित

jante bakhro

फिल्म ‘जन्ते बाख्रो’मा कलाकार आसिफ शाह अनुबन्धित भएका छन् । निर्माणपक्षले आशिफसँग कागजी संझौता गरेको उल्लेख गरेको छ । यसअघि नै यो फिल्ममा नायक सौगात मल्ल अनुबन्धित भइसकेका छन् ।

अभिनेता आसिफ सात वर्षपछि फिल्म अभिनयमा फर्किने भएका हुन् । यसअघि उनी सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’मा देखिएका थिए ।

यो फिल्मको छायांकन तिहारपछि सुरु हुने निर्देशक सिमोस सुनुवारले जानकारी दिएका छन् । नायिका र अन्य केही कलाकारहरूका लागि भने अडिसन आह्वान गरिएको छ । फिल्मको अडिसनमा सहभागी हुनका लागि देशभरका हलबाट ४ सय बढी युवायुवतीहरूले आवेदन दिएका छन् । फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ ।

कमेडी कथावस्तुमा निर्माण हुन लागेको यो फिल्मलाई मुईन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिँदैछ । फिल्ममा सन्तोष गौतम र सिमोस सुनुवारको लगानी रहनेछ । हरि हुमागाँइले यो फिल्मको छायांकन गर्नेछन् ।

बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भनिन्छ । यही कथाको वरिपरी फिल्म बनेको वुझिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x