Todays Date: २०८३ जेष्ठ १७

‘रेड कार्पेट मिरर वाल्क’ सहित गरिएको भव्य प्रिमियर शोमा ‘वर एण्ड वधु’लाई राम्रो प्रतिक्रिया

bar and badhu 2 1 1024x683 1

भोली शुक्रबारदेखि देशभरका हलमा रिलिज हुने फिल्म ‘वर एण्ड वधु’को बुधबार बेलुकी ललितपुरको लाबिम मलमा भव्य प्रिमियर कार्यक्रम सम्पन्न भयो। निर्देशक मिलन चाम्सले प्रिमियरलाई विशेष बनाउन कुनै कमी राखेनन्, जसले गर्दा ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर कार्यक्रम निकै आकर्षक बन्यो। कार्यक्रममा फिल्म उद्योगका विभिन्न व्यक्तित्व, पत्रकार, र राजनीतिज्ञहरूको उपस्थिति थियो।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको प्रिमियरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकार केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, र कलाकार उषा रजक लगायतको उपस्थिती थियो। साथै, फिल्मका मुख्य कलाकार आँचल शर्मा, किरण केसी, विवेक कर्माचार्य, कुसुम शर्मा, र विजु पार्की पनि कार्यक्रममा सहभागी भए।

फिल्म हेरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फिल्मलाई हरेक कोणबाट उत्कृष्ट रहेको बताउँदै सबैलाई हेर्नका लागि आग्रह गरे। बरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि फिल्मको दृश्य, कथा, कलाकारको अभिनय, र निर्देशनको खुलेर प्रशंसा गरे।

निर्देशक दीपाश्री निरौलाले फिल्मलाई समग्रमा उत्कृष्ट भन्दै, आँखालाई शान्ति दिने खालको फिल्म हेर्न पाएकोमा खुशी व्यक्त गरिन्। हाँस्य कलाकार केदार घिमिरेले पनि फिल्मको प्रशंसा गर्दै राम्रो बनेको प्रतिक्रिया दिए।

निर्देशक सुयोग गुरुङले निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार फिल्म बनाएको भन्दै आफूलाई फिल्म हेर्दा निकै रमाइलो लागेको बताए।

नायिका मिरुना मगरले पनि आँचल शर्माको अभिनयको प्रशंसा गर्दै, उनको भूमिका दर्शकहरूको मन जित्ने विश्वास व्यक्त गरिन्।

प्रिमियरमा सहभागी धेरैले नव-नायक विवेक कर्माचार्यको अभिनयको खुलेर तारिफ गरे, उनले आफ्नो प्रस्तुतीकरणमा नयाँपन नदेखिएको प्रतिक्रिया दिए।

फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएकोले, भोलिबाट रिलिज हुने फिल्मलाई देशभरका दर्शकले मन पराउने अपेक्षा गरिएको छ।

1000003219 1024x683 1
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x